सुनसरी–४ मा पछि परे सञ्चारमन्त्री कार्की, एमालेका कुसियैतको अग्रता

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन्। मतगणना अन्तिमतिर आइपुग्दा नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की २७ मतले पछि परेका हुन्।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार कुसियैतले २९ हजार ९ सय ६६ मत ल्याउँदा मन्त्री कार्कीले २९ हजार ९३९ पाएका छन्।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १ सय ६८ मत, राप्रपाका विद्यानन्द यादवले ३ हजार १ सय २७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार