कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका जिप चालक पक्राउ

धनगढी – कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका जिप चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका ५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओ (जिप)ले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो ।

ठक्कर दिने जिप चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार