नयाँ सरकार गठनबारेमा सत्तारुढ गठबन्धनबीचमा छलफल सुरू

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरू गरेका छन ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबी भेटवार्ता भएको हो ।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्याेल हुने भएपछि सत्तारुढ गठबन्धनले आवाश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन् ।  न्युज कारखाना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार