समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक : केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य भएको हुनसक्ने ओलीको आशंका छ ।

‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।’

Dengue

ओलीले जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गरेक छन् । ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु’, ओलीले भनेका छन् । ओलीले कुन पार्टीको मत अस्वाभाविक आएको हो भन्नेचाहिँ खुलाएका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार