रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका दीपक बोहरा विजयी

काठमाडाैं – प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गरेका हुन् ।

बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए भने खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । बोहरालाई एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार थिए । बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् ।

Dengue

उनी २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार