१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा कुन पार्टीको कति सिट ?

काठमाडाै‌ – १० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको काठमाडौँको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

जसमा काठमाडौँ–१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिँह विजयी भएको छन् । यसैगरी काठमाडौँ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छिन् भने काठमाडौँ–३ बाट कांग्रेसकै सन्तोष चालिसे विजयी भएका छन् ।

Dengue

यस्तै काठमाडौँ–४ र ५ बाट कांग्रेसका गगनकुमार थापा र प्रदिप पौडेल विजयी भएका छन् । यसैगरी काठमाडौँ–६, ७ र ८ बाट क्रमश राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै काठमाडौँ–९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन भने काठमाडौँ–१० बाट कांग्रेसकै राजेन्द्रकुमार केसी विजयी भएका छन् ।
यसरी कांग्रेसले ५ सांसद पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले भने ४ सांसद भएको छ । यस्तै एमालेले १ सांसद पाएको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार