डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

काठमाडौं – डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।

तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो । उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार