सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। तर, विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने तयारी गरेका छन्।

नेकपा (एमाले) ले गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। त्यसपछि उनले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए।

मुख्यमन्त्रीको पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीले बिहीबार साँझ ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका छन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रयोजनका लागि बैठक बोलाइएको जानकारी दिए।

तर, प्रदेश सभामा आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि शाहले विश्वासको मतको प्रक्रिया पूरा गर्नुको सट्टा राजीनामा घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ। प्रदेश सभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन तथा टिकाउन २७ सांसदको समर्थन आवश्यक हुन्छ। अहिले मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ सांसदको मात्र समर्थन रहेको छ। कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्।

कांग्रेसबाहेक थप १० सांसदको समर्थन जुटाउनुपर्ने भए पनि आवश्यक संख्या सुनिश्चित गर्न नसकेपछि मुख्यमन्त्री शाह राजीनामा दिने निष्कर्षमा पुगेको बताइएको छ।

शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नेकपा र एमालेको सहकार्यमा नयाँ सरकार बनाउने तयारी भइरहेको छ। नयाँ सरकारको नेतृत्व नेकपाका खगराज भट्टले गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार