गोरखा-२ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित, अब्दुस मिया तेस्रो स्थानमा

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले २६ हजार १०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए । माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार