झापा-५ मा केपी ओली भारी मतान्तरले विजयी

काठमाडौँ – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्।

ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी पराजित भए। अधिकारीले जम्मा २३ हजार ७ सय ४३ मत ल्याएका छन्। ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्। ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार