लमजुङ : पृथ्वीसुब्बा र देव गुरुङबीच कडा टक्कर, पृथ्वीसुब्बा ३ सय ८ मतले मात्रै अगाडि

काठमाडौ‌ नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिष्पर्धा भएको छ ।

एमालेका पदाधिकारीहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पराजय तथा अग्रता गुमाइरहँदा माओवादी केन्द्रका महासचिव र एमाले उपमहासचिवको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिसक्दा देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ ३ सय ८ मतलेमात्रै अगाडि छन् ।

Dengue

सुरुवातको क्व्होलासोंथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको मतगणना भइरहँदा पृथ्वीसुब्बाले देव गुरुङलाई १ हजार ९ सय ९ मतले उछिनेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार