काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–५को मालिकार्जुन मावी आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।
मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।
स्थानीयले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्