काँग्रेसको घोषणापत्र – सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र, ७३ वर्षमाथिका र तीन वर्षमुनिकालाई निशु:ल्क उपचार

काठमाडौं – नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो ।

साथै उसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा बढाएर १० लाख पुर्‍याउने समेत उसले बताएको छ । ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने उसले बताएको छ ।

Dengue

पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ-नगरपालिकामा विशेषज्ञ चिकित्सकसहित प्राथमिक अस्पताल र सबै उपमहानगर तथा महानगरमा विशेषज्ञ सेवाहरुसहित अस्पताल सञ्चालन गर्ने समेत उसले बताएको छ ।

सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड, हरेक स्थानीय तहमा एम्बुलेन्सलगायतका स्वाथ्य सम्बन्धी बाचा पनि कांग्रेसको घोषणापत्रमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार