नेकपा एमाले अध्यक्ष ओलीलाई डा. बस्नेतको चुनौती – ‘लाईभ डिवेट गर्ने भए स्वतन्त्रसँग आउनुस्’

काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ का स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लाइभ डिवेटमा आउन चुनौती दिएका छन् ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावी एजेण्डाको विषयमा ‘लाईभ डिवेट’मा आउन भनेपछि डा. बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘डिवेट र बहस गर्ने त्यत्रो रहर नै भए पूर्व प्रधानमन्त्री ओलीले अब देउवा सँग हैन, हामी स्वतन्त्र उम्मेदवारहरुसँग ‘लाईभ डिवेट गर्नुपर्छ ।’ डा. बस्नेतले भने, ‘देउवाले पनि त्यहि गरुन्, काठमाडौँ क्षेत्र नं. ९ को स्वतन्त्र उम्मेदवारको हिसाबले म तयार छु ।’ डा. बस्नेतले ओलीलाई समय मिलाउन समेत आग्रह गरे । ‘समय मिलाउनुहोस्, डा. ज्ञान बस्नेत बहसको लागि तयार छु, बहस गर्न ओलीलाई चुनौती समेत दिन्छु ।’ डा. बस्नेतले भने ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार