मिर्दि-भिमाद सडकलाई राजमार्गमा विकास गर्न छिट्टै काम सुरू हुन्छ : एमाले सचिव अर्याल

काठमाडौँ – नेकपा एमाले सचिव तथा स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्य उम्मेदवार पद्मा अर्यालले मिर्दि-भिमाद सडकका लागि छिटटै काम शुरु गरी राजमार्गको रुपमा विकास गर्ने बताएकी छिन्। चुनावी अभियानका क्रममा बिहीबार वालिङ नगरपालिका वडा नम्बर ५ र ७ को विभिन्न टोलहरुमा आयोजित कार्यक्रममा बोल्दै नेता अर्यालले त्यस्तो बताएकी हुन्। त्यस्तै भावी पुस्तालाई सम्मुनत नेपाल हस्तान्तरण गर्ने महाअभियानमा एमाले रहेको बताउदै अर्यालले एमालेको यो अभियानलाई सहयोग गर्न समेत आम नेपाली जनतालाई आह्वान गरेकी थिइन्। समुन्नत नेपाल निर्माणका लागि अहिले जनताको घरघरमा पुगेको भन्दै आफ्ना मन तथा मत दिएर यो महाअभियानमा सहभागि हुन समेत अर्यालले आग्रह गरिन्। जनताको अभिमत दिएर विगतका वर्षमा धेरै काम भएको भन्दै केहि योजना परमादेशको सरकारले कुल्चिदिएको एमाले सचिव अर्यालको भनाइ थियो। कार्यक्रमा गण्डकी प्रदेशसभा ‘क’ का उम्मेदवार मोहन रेग्मीले खानेपानी, सडकका योजनाहरु धेरै वर्तमान गठबन्धनको सरकार्ले काटिदिएको भन्दै यसको मुल्यांकन जनताले गर्ने बताएका थिए। मिनाङकोटमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरेर डिलबहादुर गुरुङ ((थकाली) एमालेमा प्रवेश गरेको एमाले वालिङ नगर कमिटी सचिव यमकान्त खनालले जानकारी दिए।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार