आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ। निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो।

यस्तै आयोगले असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ। उम्मेदवारले नाम फिर्ता लिने भए असोज २६ मा समय पाउनेछन्। असोज २६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने पनि आयोगले जनाएको छ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार