जसपा सत्ता गठबन्धन छाडेर बालकाेटतिर, लोसपाका नेताहरू बालुवाटारमा

काठमाडौँ  – जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धन छाड्ने अन्तिम तयारी गरेको छ । आउँदो चुनावका लागि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेलको ढोका बन्द गर्ने तयारी गरेको छ ।

जसपाले अब नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले हिजो बिहीवार राति नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर धेरै विषय टुङ्ग्याएको नेताहरूले बताएका छन् । एमाले र जसपाबीच तालमेलको सहमतिमा हस्ताक्षर हुनमात्रै बाँकी रहेको नेताहरूको दाबी छ । जसपा आज सत्ता गठबन्धनको बैठकमा समेत सहभागी भएको छैन ।

Dengue

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल हुने भएको छ । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जसपा उपस्थित नभएपछि लोसपाका नेताहरू पुगेका छन् ।

अब कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावमा तालमेल हुने सम्भावना बढेको छ । यस्तै नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलहरूको पनि गठबन्धन बन्ने सङ्केत देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार