कांग्रेसले अब प्रत्यक्षतर्फ उम्मेदवार छान्ने, आधार र मापदण्ड तय

काठमाडौँ – नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार छान्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष तर्फको उम्मेदवार छान्न मापदण्ड तथा आधार तयार पारेको हो।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने जनाएको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको छ।

Galaxy

यस्तै गत वैशाखको स्थानीय चुनावमा कारबाहीमा परेकाहरूको कारबाही पनि फुकुवा गर्ने निर्णय पार्टीको बैठकले गरेको छ। ‘स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपिल गर्दछ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २० गते बिहान ९ बजे बस्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार