कांग्रेसले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनीत र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्‍ने

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय समितिमा हालै मनोनित भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरूलाई कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ।

उनीहरू प्रत्यक्षमा निर्वाचन लड्न भने पाउँछन्। तर समानुपातिक सूचीबाट प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ। कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनित भएका थिए। किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्य मनोनित गरिएको थियो।

SHIKHAR COOL TECH

त्यस्तै नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा ओमबहादुर थापा मगर मनोनीत भएका थिए। यस्तै कांग्रेसले समानुपातिक उम्मेदवार सूचीमा पनि केही हेरफेर गर्ने बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार