इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश

काठमाडौँ — सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरी लगायतका एमाले नेता र कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो । माओवादी केन्द्रका अनुसार चौधरीसहित १० नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

Dengue

विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार