काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) खेल खेलिरहेका खेलाडीलाई आज एउटा अवसर पारी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा क्यारियर स्टेशन प्रा.लि.का सञ्चालक एवं मिल्टन इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमराज भट्टले आफ्नै क्षेत्रका दुई उदाउँदा क्रिकेट प्रतिभालाई क्रिकेट ब्याट सहयोग गरेका छन्।
भट्टले एनपीएलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबाट प्रतिनिधित्व गरिरहेका आफ्नै क्षेत्रका खेलाडी टेक रावत र अशोक धामीलाई क्रिकेट ब्याट हस्तान्तरण गरेका हुन्।
काठमाडौंमा क्यारियर स्टेशनसमेत सञ्चालन गर्दै आएका भट्टले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको कामना गर्दै उनीहरूको आगामी क्रिकेट यात्राको सफलताको शुभकामनासहित मायाको चिनोस्वरूप ब्याट प्रदान गरेका हुन्।
आफ्नै माटोमा जन्मिएका र हुर्किएका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस सहयोगले खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने भट्टको यस पहलले खेलप्रतिको उनको लगाव र युवा प्रतिभाप्रतिको समर्पणलाई समेत झल्काएको छ।
‘आफ्नो माटोका प्रतिभा, हाम्रो गौरव’ भन्ने मूल भावनासहित गरिएको यो सहयोगले खेलाडीहरूको मनोबल बढाउनुका साथै स्थानीयस्तरमा क्रिकेटप्रतिको आकर्षण थप बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्