बेलौरी : कञ्चनपुरको बेलडाडीमा एक युवक अचेत अवस्थामा भेटिएका छन । आइतबार राती बेलडाडी गाउँपालिका २ क्यामबाट अन्दाजी २७ वर्षीय युवक अचेत अवस्थामा भेटिएका हुन ।
सडक किनारमा अचेत अवस्थामा पहिचान नखुलेको युवकलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडीमा पुर्याएका थिए ।
गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको ईलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ ।
युवकको हालसम्म समेत पहिचान हुन नसकेको प्रहरीको भनाई छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।अत्तरिया अनलाईनबाट साभार




प्रतिक्रिया दिनुहोस्