लगातार वर्षाले देशभर बाढीपहिरोको जोखिम, २५ जिल्लामा यातायात बन्द

काठमाडौँ : लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्दा तटीय बस्ती प्रभावित भएका छन् भने पहाडी क्षेत्रमा पहिरो र लेदोका कारण सडक तथा यातायात अवरुद्ध बनेका छन्।

जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। थप ३० जिल्लामा रातिको समयमा सवारी सञ्चालन नगर्न तथा २२ जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ।

मकवानपुरगढीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। भक्तपुरको लोकन्थलीबाट ९८ जना तथा नवलपरासी पश्चिममा नारायणी नदीको बाढीका कारण करिब ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। विभिन्न जिल्लामा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै बस्ती प्रभावित भएका छन्।

सम्भावित विपत् व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब २६ हजार सुरक्षाकर्मी उद्धार सामग्रीसहित उच्च सतर्क अवस्थामा राखिएका छन्। सेनाले हवाई उद्धार टोली, सशस्त्र प्रहरीले र्‍याफ्ट बोट, मोटरबोट, गोताखोर तथा ड्रोन टोली र प्रहरीले उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ।

मौसम पूर्वानुमानअनुसार आगामी केही दिन वर्षा जारी रहने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार