निजी क्षेत्रप्रति प्रधानमन्त्रीको दृष्टिकोण सकारात्मक छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको टिप्पणी गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको दाबी गरे ।

दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना र नेपाल औषधि लिमिटेडजस्ता सार्वजनिक संस्थान सञ्चालन भएर नाफामा गएको हेर्न आफूलाई पनि शुभेच्छा रहेको भन्दै उनले राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न आवश्यक रहेको बताए ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अघि बढाइएको आर्थिक उदारीकरण र त्यसअनुसारका नीतिहरूको महत्त्व अहिले पनि उत्तिकै रहेको थापाको भनाइ थियो ।

विपद्पछिको पुनर्निर्माणका लागि ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको सोच नै सरकारका निर्णयमा प्रतिबिम्बित हुने भएकाले मुलुकलाई सही आर्थिक दृष्टिकोण आवश्यक रहेको बताए ।

सभापति थापाले कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने पनि स्पष्ट पारे । महाधिवेशनको मितिलाई लिएर कुनै अन्योल नरहेको भन्दै उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने बताए ।

प्रतिस्पर्धाबाट नेतृत्वमा आउने र नआउने सबैलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने उनको भनाइ थियो ।

नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्न कांग्रेसले महाधिवेशन र दशैंलगत्तै देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको पनि थापाले जानकारी दिए ।

उनका अनुसार अभियानअन्तर्गत कांग्रेस ७७ वटै जिल्लाका गाउँ–गाउँमा पुग्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार