काठमाडौँ । नेकपा (एमाले) ले सांसदहरूले पाउने स्वकीयसम्बन्धी कार्यविधि पारित गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरूले पाउने स्वकीयको मापदण्डलगायतका कार्यविधि निर्माण गरेर पारित गरेको हो।
त्यस्तै, संसद्मा छलफलका क्रममा रहेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन, विशेषज्ञहरूसँग छलफल र संशोधन प्रस्तावमा भाग लिने कुरामा जोड दिइएको एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।
सरकारले ल्याएका विधेयकहरू सोही रूपमा पास गर्दा भविष्यमा जोखिम वा खतरा देखिने भएकाले त्यसलाई परिस्कृत बनाउनुपर्ने उनले बताइन् ।
त्यस्तै, सरकारले विद्यार्थीहरूलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषय ल्याउनुको सट्टा जनताका वास्तविक जनजीविका र कानुन निर्माणका मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने अर्यालले बताइन् ।




प्रतिक्रिया दिनुहोस्