धनगढीः अछामको चौरपाटी गाउँपालिका-३ गगुडाका युवा डिल्लीराज साउँदको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ।
साउँद दुई दिनअघि मात्रै मोटरसाइकलमार्फत लामो यात्रा तय गर्दै धनगढीबाट काठमाडौँ पुगेका थिए। रोजगारी तथा उज्ज्वल भविष्यको खोजीमा राजधानी पुगेका उनी उपचारकै क्रममा निधन भएपछि परिवार, आफन्त र गाउँ शोकमा डुबेका छन्।
उनको निधनको कारणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। घटनापछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी रहेको छ।
भविष्यका अनेक सपना बोकेर राजधानी पुगेका डिल्लीराज साउँद अब कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएपछि उनको निधनले परिवार र स्थानीय समुदायमा गहिरो पीडा थपिएको छ।




प्रतिक्रिया दिनुहोस्