काठमाडौँमा उपचारका क्रममा अछामका युवा डिल्लीराज साउँदको मृत्यु

twitter sharing button

धनगढीः अछामको चौरपाटी गाउँपालिका-३ गगुडाका युवा डिल्लीराज साउँदको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ।

साउँद दुई दिनअघि मात्रै मोटरसाइकलमार्फत लामो यात्रा तय गर्दै धनगढीबाट काठमाडौँ पुगेका थिए। रोजगारी तथा उज्ज्वल भविष्यको खोजीमा राजधानी पुगेका उनी उपचारकै क्रममा निधन भएपछि परिवार, आफन्त र गाउँ शोकमा डुबेका छन्।

उनको निधनको कारणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। घटनापछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी रहेको छ।

भविष्यका अनेक सपना बोकेर राजधानी पुगेका डिल्लीराज साउँद अब कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएपछि उनको निधनले परिवार र स्थानीय समुदायमा गहिरो पीडा थपिएको छ।

telegram sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार