काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन संसद् हलको निरीक्षण गरेका छन् । आज संसद् सचिवालयका कर्मचारीहरूसहित उनी निरीक्षणमा पुगेका थिए ।
गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन । त्यसक्रममा उनले हल तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए । नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी दिए ।
सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न अर्यालले निर्देशन दिएका छन् ।
उनले भने- रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्याउनुपरो नि ! बहाना बनाइरहनुहुन्छ। तपाईंहरुले हामीलाई नटेरेको होला । यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो । अब मलाई निष्कर्ष चाहियो- यहाँ म टेक्दा पनि टेक्दिनँ ।




प्रतिक्रिया दिनुहोस्