संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी

काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन संसद् हलको निरीक्षण गरेका छन् । आज संसद् सचिवालयका कर्मचारीहरूसहित उनी निरीक्षणमा पुगेका थिए ।

गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन । त्यसक्रममा उनले हल तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए । नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी दिए ।

सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न अर्यालले निर्देशन दिएका छन् ।

उनले भने- रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्‍याउनुपरो नि ! बहाना बनाइरहनुहुन्छ। तपाईंहरुले हामीलाई नटेरेको होला । यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो । अब मलाई निष्कर्ष चाहियो- यहाँ म टेक्दा पनि टेक्दिनँ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार