सुदूरपश्चिमको अर्थमन्त्रीमा बिक्रम धामी लगभग निश्चित

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री नेपाली कांग्रेसका बिक्रम सिंह धामी बन्ने भएका छन् ।

कांग्रेसका प्रमुख सचेतक समेत रहेका धामीलाई मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोत बताउँछ ।

धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । अर्थमा मुख्यमन्त्रीविरुद्धको हस्ताक्षर फिर्ता लिएकी डम्मरी महराले समेत दाबी गरेकी छन् । महरालाई अन्य किसिमले व्यवस्थापन गरेर अघि बढ्ने मुुख्यमन्त्रीको तयारी छ । अहिले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कांग्रेसकै बहादुर सिंह थापाले सम्हालिरहेका छन् ।

मुख्यमन्त्री शाहले सोमबार नै मन्त्री हेरफेरको तयारी गरेका छन् । सत्तारुढ नेकपा एमालेले पनि शाहलाई मन्त्री बन्ने चार जनाको नाम आइतबार नै टिपाइसकेको छ । तर, कांग्रेसको दिवान सिंह विष्ट पक्षले नाम दिन सकेको छैन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार