रवि लामिछानेसँगै को को जाँदैछन् नयाँ दिल्ली ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै पार्टीका अन्य दुई नेता पनि भारत भ्रमणमा जाने भएका छन् ।

लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नीतिन नवीनको औपचारिक निम्तोमा भारतको तीन दिने भ्रमणका लागि जेठ १८ गते नयाँ दिल्ली जाँदैछन् । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने रास्वपाले जनाएको छ । त्यसैगरी रविपत्नी निकिता पौडेल र लामिछानेका स्वकीय सचिव अविनाश आचार्य पनि दिल्ली जाने छन् ।

लामिछानेलाई जेठ १९ गते भाजपा अध्यक्ष नवीनले भाजपा मुख्यालयमा स्वागत गर्नेछन् । सोही क्रममा दुई नेतृत्वबीच औपचारिक संवादसमेत हुने रास्वपाले जनाएको छ ।

सोही दिन लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन् । समय भने खुलाइएको छैन । भारतीय विदेशमन्त्री एस जयशंकरसहित केही मन्त्रीहरुसँग हुने भेटवार्ताको तालिका भने तय भइसकेको जनाइएको छ ।

नेपालमा नयाँ सरकार बनेपछि नेपालबाट भारतमा हुन लागेको यो सबैभन्दा उच्चस्तरको भ्रमण हो ।

भारतले समय समयमा नेपालका सत्तारुढ दलका नेताहरुलाई भारत भ्रमण गराउँदै आएको छ । भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टीको समन्वयमा यस्तो भ्रमण हुने गरेको छ । यसअघि पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले पनि भाजपाको निमन्त्रणमा भारत भ्रमण गरिसकेका छन् ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किने छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार