गामी बजेटमार्फत अर्थमन्त्री Swarnim Wagle ले सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन् । नयाँ प्रस्तावअनुसार तलब संरचनालाई श्रेणीगत रूपमा पुनर्संरचना गरिने भएको छ ।
प्रस्तावित व्यवस्था अनुसार कार्यालय सहयोगीको तलब करिब ३२ हजार ६ सय रुपैयाँ, मुख्यसचिवको तलब १ लाख २० हजार रुपैयाँसम्म पुर्याइने उल्लेख छ । यसैगरी निजामती कर्मचारी तथा सुरक्षा निकायका अन्य तहका कर्मचारीहरूको तलब पनि समान अनुपातमा वृद्धि गरिनेछ ।
सरकारले यसलाई सेवा–सुविधा सुधार र सार्वजनिक प्रशासनको मनोबल बढाउने उद्देश्यसहित ल्याइएको योजना भनेको छ ।




प्रतिक्रिया दिनुहोस्