‘बालेन मोडल’को प्रभाव धनगढीमा पनि, उपमहानगरले सुरु गर्‍यो अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान

धनगढी ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरु गरेको सार्वजनिक जग्गा संरक्षण अभियानको प्रभाव अब धनगढीमा पनि देखिन थालेको छ । धनगढी उपमहानगरपालिकाले अतिक्रमणमा परेको सरकारी जग्गा खाली गराउन औपचारिक प्रक्रिया अघि बढाएको छ ।

उपमहानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर ८ स्थित सेतो पुल पूर्वतर्फ मेनरोड क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । सूचनामा सात दिनभित्र अतिक्रमित संरचना स्वयं हटाउन आग्रह गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनाअनुसार उक्त क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा अनधिकृत रूपमा भौतिक संरचना निर्माण गरिएको पाइएको उल्लेख छ । तोकिएको समयभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय तथा नगर प्रहरीलाई समेत आवश्यक समन्वय र सहयोगका लागि पत्राचार गरेको जनाएको छ ।

पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने विषय देशभर बहसको विषय बनिरहेका बेला धनगढी उपमहानगरपालिकाले पनि सक्रियता देखाएको हो । स्थानीयस्तरमा यस कदमलाई ‘बालेन शैली’को अभियानका रूपमा समेत चर्चा गर्न थालिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

13%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार