‘बालेन मोडल’को प्रभाव धनगढीमा पनि, उपमहानगरले सुरु गर्‍यो अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान

धनगढी । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुरु गरेको सार्वजनिक जग्गा संरक्षण अभियानको प्रभाव अब धनगढीमा पनि देखिन थालेको छ । धनगढी उपमहानगरपालिकाले अतिक्रमणमा परेको सरकारी जग्गा खाली गराउन औपचारिक प्रक्रिया अघि बढाएको छ ।

उपमहानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर ८ स्थित सेतो पुल पूर्वतर्फ मेनरोड क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । सूचनामा सात दिनभित्र अतिक्रमित संरचना स्वयं हटाउन आग्रह गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनाअनुसार उक्त क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा अनधिकृत रूपमा भौतिक संरचना निर्माण गरिएको पाइएको उल्लेख छ । तोकिएको समयभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय तथा नगर प्रहरीलाई समेत आवश्यक समन्वय र सहयोगका लागि पत्राचार गरेको जनाएको छ ।

पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने विषय देशभर बहसको विषय बनिरहेका बेला धनगढी उपमहानगरपालिकाले पनि सक्रियता देखाएको हो । स्थानीयस्तरमा यस कदमलाई ‘बालेन शैली’को अभियानका रूपमा समेत चर्चा गर्न थालिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार