कैलाली – चैतन्य पाठशालाले कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ। विद्यालयले शिक्षा र संस्कारको समन्वय गर्दै उत्कृष्ट नतिजा हासिल गरेका तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति खुला गरेको जनाएको छ।
विद्यालयका अनुसार SEE परीक्षा दिएका विद्यार्थीहरूका लागि विशेष रूपमा यो अवसर ल्याइएको हो। छात्रवृत्ति अन्तर्गत प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने Top-25 विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। साथै, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यार्थीहरूलाई समेत पूर्ण छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यसैगरी, ‘The API Education Project’ अन्तर्गत केही विद्यार्थीलाई व्यवस्थापन संकायमा आवासीय सुविधा सहित छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल व्यवस्थापन जस्ता संकायहरू उपलब्ध रहनेछन्।
विद्यालयले विद्यार्थी छनोट SEE नतिजा, प्रवेश परीक्षा तथा अन्तर्वार्ताका आधारमा गर्ने जनाएको छ। साथै, खेलकुद, अतिरिक्त क्रियाकलाप, नेतृत्व क्षमता तथा अन्य प्रतिभाका आधारमा पनि छात्रवृत्ति प्रदान गरिनेछ।
आवेदन दिन इच्छुक विद्यार्थीहरूले आवश्यक कागजातसहित निर्धारित मितिभित्र फारम भर्नुपर्नेछ। आवेदन प्रक्रिया विद्यालयको QR कोड स्क्यान गरी वा फेसबुक पेजमार्फत गर्न सकिने जानकारी दिइएको छ।
विद्यालयले आधुनिक प्रयोगशाला, पुस्तकालय, अनुभवी शिक्षक तथा Life Skills कार्यक्रमसहित गुणस्तरीय शिक्षा प्रदान गर्ने दाबी गरेको छ।




प्रतिक्रिया दिनुहोस्