धनगढी । शिक्षामा गुणस्तर र परिणाममुखी व्यवस्थापनको उदाहरण बनेका जगन्नाथ जोराको नेतृत्वमा सञ्चालित दुई विद्यालयले यस वर्षको एसईई नतिजामा उत्कृष्ट सफलता हासिल गरेका छन् ।
सञ्चालन भएको छोटो समयमै उल्लेखनीय प्रगति गरेको फारवेष्ट सेकेन्डरी स्कुल ले शैक्षिक सत्र २०८२ को एसईई नतिजामा ठूलो सफलता हात पारेको हो । विद्यालयका मेधाबी छात्र प्रज्वल भट्ट ले ४ जीपीए प्राप्त गर्दै विद्यालयलाई गौरवान्वित बनाएका छन् । स्थापना भएको एक वर्षमै विद्यालयले हासिल गरेको यो उपलब्धिलाई शैक्षिक क्षेत्रमा “कायापलट” का रूपमा हेरिएको छ ।
यस्तै, जगन्नाथ जोराकै नेतृत्वमा रहेको शैलेश्वरी बोर्डिङ स्कुल ले पनि आफ्नो एसईईको दोस्रो ब्याचमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । विद्यालयले ३.९५ जीपीएसहित उल्लेखनीय उपलब्धि हासिल गर्दै गुणस्तरीय शिक्षाप्रति आफ्नो प्रतिबद्धता प्रमाणित गरेको हो ।
दुवै विद्यालयको नतिजापछि अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायमा उत्साह थपिएको छ । छोटो समयमै अनुशासन, गुणस्तरीय शिक्षण र विद्यार्थीमैत्री वातावरणका कारण यी विद्यालयहरू सुदूरपश्चिममै विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको चर्चा हुन थालेको छ ।




प्रतिक्रिया दिनुहोस्