धनगढी :जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुखमा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोरा खटाइएका छन्। हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत रहेका जोरालाई बझाङ काजमा पठाइएको हो।
बझाङमा कार्यरत डीएसपी खगेन्द्र धमला नेपाल प्रहरी स्टाफ कलेजमा सञ्चालन हुने एमपीएस अन्तर्गत ‘पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स’ ब्याच–२ मा सहभागिताका लागि गएपछि उनको स्थानमा जोरालाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
अनुभवी प्रहरी अधिकारीका रुपमा परिचीत जोरा प्रदेशमा आउनु अगाडि सुदूरपश्चिम प्रदेशको ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। त्यहाँबाट प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका उनलाई बझाङको पहिलो कमाण्ड दिइएको हो।




प्रतिक्रिया दिनुहोस्