अंक मात्रै होइन, आत्मविश्वासको पनि परीक्षा : सीता बादी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले कक्षा १२ का विद्यार्थीहरूलाई वार्षिक परीक्षाको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। आजदेखि सुरु भएको परीक्षालाई लक्षित गर्दै उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ शान्त मनले परीक्षा दिन आग्रह गरिन्।

मन्त्री बादीले परीक्षा अंक प्राप्त गर्ने माध्यम मात्र नभई मेहनत, धैर्य, अनुशासन र आत्मविश्वासको परीक्षणसमेत भएको बताइन्। ‘यहाँसम्म आइपुग्न तपाईंहरूले गरेको संघर्ष, लगन र समर्पण नै तपाईंहरूको सबैभन्दा ठूलो शक्ति हो,’ उनले भनिन्।

उनले विद्यार्थीहरूलाई कुनै डर वा दबाब बिना परीक्षा दिन आग्रह गर्दै अंकलाई जीवनको अन्तिम सत्य नमान्न सुझाव दिइन्। ‘प्रयास कहिल्यै खेर जाँदैन, प्रत्येक प्रयासले तपाईंलाई अझ बलियो, परिपक्व र सक्षम बनाउँछ,’ मन्त्री बादीले सामाजिक सञ्जालमा उल्लेख गरिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार