एमालेभित्रको विवादबारे योगेशको कविता- बादल मडारियो, हामी हेरेको हेर्‍यै भयौँ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।

संसदीय दलका नेता समेत रहेका बादलले प्रतिनिधि सभा र हिजो कास्कीमा दिएको अभिव्यक्तिले पार्टीभित्र विवाद चर्किएको छ।

बादलको अभिव्यक्तिपछि उपमहासचिव भट्टराईले छोटकरी कविता भन्दै लेखेका छन्, ‘बादल मडारियो, मुसलधारे वर्षा भयो, जबज निथ्रुक्कै भिज्यो, मदन तीन छक्क पर्नुभयो, हामी हेरेको हेर्यै भयौ।’

हिजो पोखरामा पार्टीको कार्यक्रममा बोल्दै बादलले उपाध्यक्ष विष्णु पौडेलमाथि पनि प्रहार गरेका थिए। उनले प्रयोग गरेको भाषा र पार्टीभित्रको विवादबारे बोलेपछि एमालेभित्र खैलाबैला मच्चिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार