पूर्व प्रधानमन्त्री देउवाले सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आफू र परिवारविरुद्ध भ्रामक र झुटा प्रचार भएको बताएका छन्। उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिसकेको जानकारी दिएका छन्।
देउवाले लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता जीवनभर रहेको उल्लेख गर्दै आफ्नो जीवनलाई “खुल्ला पुस्तक” जस्तो भएको बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा आफ्नो योगदान रहेको बताएका छन्।
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले सत्य तथ्य समयसँगै स्पष्ट हुने विश्वास व्यक्त गर्दै अतिरञ्जित र भ्रामक सूचनाबाट भ्रममा नपर्न सबैलाई अपिल गरेका छन्।
अन्त्यमा उनले “जय नेपाल” भन्दै सबैमा सकारात्मक सोच राख्न आग्रह गरेका छन्।




प्रतिक्रिया दिनुहोस्