इतिहासमै पहिलो पटक मन्त्रिपरिषदमा समेत ३३ प्रतिशत महिला

काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा आज गठन हुने राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले इतिहासमै पहिलो पटक मन्त्रिपरिषदमा समेत ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भएको छ ।

यसअघि संवैधानिक बाध्यताका कारण संघीय संसदसम्म ३३ प्रतिशत महिला सहभागिता गराइने अभ्यास भए पनि मन्त्रिपरिषदमा भने यस्तो कहिल्यै भएको थिएन । यसअघिका सबैजसो मन्त्रिपरिषद पुरुष बाहुल्य हुन्थे र थोरै मात्र महिलाको सहभागिता हुन्थ्यो ।

यस पटक बालेन सरकारमा भने प्रधानमन्त्रीसहित केवल १५ जना सदस्य हुने भएका छन् । संविधानले प्रधानमन्त्रीसहित २५ जनासम्मको मन्त्रिपरिषद बनाउन छुट दिए पनि रास्वपाले मन्त्रालय गाभेर मन्त्रीको संख्या घटाएको छ । प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषदमा ३३.३३ प्रतिशत अर्थात ५ जना महिला मन्त्री हुनेछन् ।

रास्वपाले सोविता गौतमलाई कानूनमन्त्री बनाउँदैछ । यसअघिको प्रतिनिधिसभामा समेत सांसद रहेकी गौतम कानूनकी विद्यार्थी र अधिवक्ता हुन् । उनले कानूनमा स्नातक गरेकी छिन् ।

यस्तै प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बन्ने भएकी छिन् । एक दशकभन्दा लामो समय संचारकर्मीको रुपमा काम गरेकी उनले स्नातकोत्तर गरेकी छिन् । रास्वपाले गीता चौधरीलाई कृषिमन्त्री बनाउने भएको छ । उनी कानूनकी विद्यार्थी र अधिवक्ता हुन् । उनले कानूनमा स्नातक गरेकी छिन् ।

रास्वपाले सीता वादीलाई महिला बालबालिका मन्त्री बनाउने भएको छ । वादी समुदायबाट पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने उनी समाजसेवामा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर हुन् । यस्तै निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइने भएको छ । नर्सिङमा स्नातकोत्तर गरेकी उनी व्यवसायिक नर्स हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार