काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा बहस सकिएको छ ।
न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा गत चैत १ गतेदेखि जारी रहेको बहस आज सकिएको हो ।
निवेदकको तर्फबाट जवाफी बहस सकिएपछि फैसलाको प्रतीक्षा सुरु भएको छ । भ्याएसम्म आजै फैसला हुने नत्र भोली हुने अदालत स्रोतले जानकारी दिए ।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएको थियो ।




प्रतिक्रिया दिनुहोस्