इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले खामेनीसहित १० जनाको बारेमा सूचना दिने व्यक्तिलाई एक करोड डलरसम्मको इनाम दिने घोषणा गरेको छ ।

यो सूचीमा इरानको सर्बोच्च राष्ट्रिय सुरक्षा परिषदका सेक्रेटरी अली लारीजानीको नाम पनि सामेल छ । लारी केही दिनअघि इरानमा भएको अमेरिकाविरोधी प्रदर्शनमा देखिएका थिए । त्यस्तै, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजीलगायत १० जना छन् ।

उनीहरुको हत्या गर्ने प्रयास अमेरिकाले जारी राखेको छ । यसअघि अमेरिकाले सर्बोच्च नेता आयातुल्ला खामेनीको हत्या गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार