- कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई पुरुषलाई बुधबार पक्राउ गरिएको छ।
- पक्राउ परेका दुवै पुरुष भीमदत्त नगरपालिका–१० का ४७ र ४० वर्षका हुन्।
- प्रहरीले बैजनाथ सामुदायिक वनको जंगलभित्र बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ।
२८ फागुन, धनगढी । कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो ।
उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्