इजरायल-अमेरिकाको आक्रमणले इरानमा मारिएकाको संख्या हजार नाघ्यो, घाइते ५ हजार

अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’ (एचआरएएनए) ले शनिबार (फेब्रुअरी २८) देखि जारी इजरायल-अमेरिकाको आक्रमणबाट इरानमा मारिएका मानिसको संख्या हजार नाघेको जनाएको छ। 

एचआरएएनएका अनुसार उनीहरूको हवाई हमलाबाट अहिलेसम्म इरानमा मारिएकाको संख्या १ हजार ९७ पुगेको छ भने यसमा १० वर्षमुनिका १८१ बालबालिका छन्।

यस्तै घाइतेको संख्या ५ हजार ४०२ पुगेको छ र यीमध्ये पनि १०० जना बालबालिका रहेको बताइएको छ।

एचआरएएनएले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा १०४ आक्रमण भएको उल्लेख गरेको छ। आक्रमण इरानका सैन्य अड्डा, अस्पताल र आवासीय क्षेत्रलाई लक्ष्य गरी गरिएका थिए। 

एचआरएएनएले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।

इजरायल र अमेरिकाले पहिलो दिन शनिबार गरेको संयुक्त सैन्य हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्।

त्यसको जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका खाडी मुलुकमा क्षेप्यास्त्र/ड्रोन प्रहार गरिरहेको छ। 

यसै क्रममा इरानले सोमबार मात्र साउदी अरेबियाको राजधानी रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार गरेको छ। 

वासिङटन पोस्टका अनुसार आक्रमणका कारण दूतावासको छतको एक भाग मात्र भत्किएको छ। 

यसैबिच साउदी अरेबियाले आफ्नो देश र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार