धनगढीको नवजीवन अस्पताल, २० वर्षमा १५ शय्याबाट एक सय शय्यासम्म विस्तार

धनगढीः धनगढीस्थित नवजीवन अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएर दुई दशक पूरा गरेको छ। २० औँ वार्षिक उत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अस्पतालले आफ्नो उपलब्धि र आगामी योजनाबारे जानकारी दिएको हो।

मेडिकल डाइरेक्टर डा. बिदुरमणी ढकालका अनुसार अस्पतालले २०६२ सालमा १५ शैयाबाट औपचारिक सेवा सुरु गरेको थियो। क्रमशः पूर्वाधार विकास र सेवा विस्तार गर्दै २०७९ सालदेखि १०० शैयाको स्वीकृतिसहित पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ। उनले स्थापना कालदेखि नै उपचार सेवासँगै स्वास्थ्य सचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताए।

अस्पतालमा इमर्जेन्सी, बहिरंग (ओपीडी) तथा अन्तरंग (आईपीडी) सेवा नियमित रूपमा सञ्चालनमा छन्। निःशुल्क सुत्केरी सेवा, खोप कार्यक्रम तथा विभिन्न स्वास्थ्य शिविरमार्फत समुदायमै पुगेर सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। यसबाट विशेषगरी ग्रामीण तथा विपन्न वर्ग प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

AD

विशेषज्ञ सेवाको विस्तारसँगै हाडजोर्नी तथा नसा रोग, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा, मिर्गौला रोग, बालरोग, कान–नाक–घाँटी, मानसिक रोग, छाला तथा यौन रोग, कलेजो रोग, हार्मोन तथा मधुमेह, सामान्य शल्यक्रिया, न्युरो सर्जरी, युरोलोजी, एनेस्थेसियोलोजी, आकस्मिक सेवा, रेडियोलोजी तथा इमेजिङ, प्याथोलोजी, दन्तरोग, फिजियोथेरापी तथा पुनर्स्थापना, नर्सिङ र फार्मेसी विभाग सञ्चालनमा रहेका छन्।

विज्ञापन

AD

साथै आइसियु, एनआइसियु, हेमोडायलाइसिस, सीटी स्क्यान तथा २४ घण्टा एम्बुलेन्स सेवाले गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुगेको अस्पतालको दाबी छ। आधुनिक उपकरण र दक्ष जनशक्तिको संयोजनले सेवा प्रवाह थप प्रभावकारी बनेको उल्लेख गरिएको छ।

अस्पतालअन्तर्गत सञ्चालित नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्ससमार्फत दक्ष स्वास्थ्यकर्मी उत्पादन भइरहेका छन्। यहाँ अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान पुर्‍याइरहेको बताइएको छ।

वार्षिक उत्सवको अवसरमा अस्पताल परिसरमै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसमा स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको जनाइएको छ। विशेषज्ञ सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग र समुदायकेन्द्रित कार्यक्रममार्फत अस्पताल सुदूरपश्चिमका नागरिकका लागि विश्वासिलो स्वास्थ्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। आगामी दिनमा सेवा गुणस्तर अभिवृद्धि गर्दै थप विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य अस्पतालले लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार