पाकिस्तानको अमेरिकी नियोग अगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ९ जनाको मृत्यु

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ। 

पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान  प्रदर्शन भएको हो।

सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ। 

डनले कराचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै ९ जनाको मृत्यु र ३२ जना घाइते भएको उल्लेख गरेको छ। 

मृतक र घाइतेको शरीरमा गोली लागेको चोट देखिएको छ। 

प्रदर्शनको क्रममा सुरक्षाकर्मीले सुरूमा अश्रुग्यास प्रहार र लाठिचार्ज गरेको बताएको थियो।

घाइते हुनेमा दुई जना प्रहरी अधिकारीहरू समेत छन्।

उनीहरूको उपचारका लागि जिन्नाह पोस्टग्र्याजुएट मेडिकल सेन्टरमा लगिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार