डोटीमा प्रतिनिधिसभा निर्वाचनका लागि १ हजार ७९ कर्मचारी खटिए

डोटी: डोटीमा यही २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार ७९ कर्मचारी मतदान केन्द्रमा खटिएका छन्। जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार जिल्लाभर एक अस्थायी केन्द्रसहित कुल १८१ मतदान केन्द्र रहेका छन्। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत खटाइएको छ। ३०० भन्दा बढी मतदाता भएका केन्द्रमा तीन जना सहायक कर्मचारी र ३०० भन्दा कम मतदाता भएका केन्द्रमा दुई जना सहायक कर्मचारी परिचालन गरिएको छ। साथै, हरेक केन्द्रमा एक जना सहयोगी कर्मचारी पनि नियुक्त गरिएको छ। जिल्लामा ३०० भन्दा कम मतदाता भएका सात मतदान केन्द्र रहेका छन्।

जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बिहीबार र शुक्रबार तालिम सञ्चालन गरिएको जानकारी दिए। उनले निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री जिल्लामा आइपुगेको पनि बताए।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको बताइन्। उनले सबै पक्षलाई सहयोग गर्दै निर्वाचन सफल बनाउन आह्वान समेत गरिन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार