चिसापानीमा बस दुर्घटना हुँदा ९ जना घाइते

दाङ : दाङकाे चिसापानीमा बस दुर्घटना हुँदा नाै जना घाइते भएका छन्। 

सोमबार लमहीबाट घोराहीतर्फ जाँदै गरेको लु २ ख ३२७७ नम्बरको बस घोराही उपमहानगरपालिका-३ स्थित चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, घाइतेमध्ये सात जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

त्यस्तै, दुई जना घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

बस चालक दाङको राप्ती गाउँपालिका-५  सिहनियाका ३५ वर्षीय केशरबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना लगत्तै बाटो अवरुद्ध भए पनि अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ। 

facebook sharing button
messenger sharing button
twitter sharing button
viber sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार