निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिमा कसैले गाली गरेमा पनि स्वीकार छः थापा

नेपाली कांग्रेस सभापति गगन थापाले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिमा कसैले गाली गरेमा पनि स्वीकार हुने बताएका छन्।  

नेपाली कांग्रेसका सभापति  गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले यस्तो बताएका हुन्। 

निजी क्षेत्रलाई परिचालन नगरिकन ‘प्रो ग्रोथ, प्रो विजनेस र प्रो जस्टिस’ को आफ्नो अवधारण सम्भव नहुने पनि उनले स्पष्ट पारे। 

उनले राज्यको भूमिका हुने तर नियमनकारीको रूपमा हुने बताए। उनले सबै समुदाय वा विपन्न समुदायको पनि सम्पत्ति निर्माण (वेल्थ क्रिएसन) मा सम्पन्न हुनसक्ने बनाउनको निम्ति राज्यको भूमिका हुने पनि स्पष्ट पारे।

यसको लागि सबैले समान रूपमा व्यवसाय गर्न पाउने वातावरण बनाउन पनि सरकारको भूमिका रहने बताएका छन्।   

कांग्रेसले आगामी चुनावी प्रतिज्ञपत्रमा समेटिएको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार